

बौंदीकाली डेढगाउँका थप ५ मा कोरोना पुष्टी, संक्रमित संख्या ५५ पुग्यो

नवलपुर । नवलपुर जिल्लाको बौदीकाली गाउँपालिकाका थप ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
गाउँपालिकाका अनुसार वडा नं. २ का डेढगाउँका २ महिला र ३ पुरुष गरी ५ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
गाउँपालिका स्र्रोतका अनुसार अहिले संक्रमण देखिएका बौंदीकाली गाउँपालिका वडा नं. २ का ४१ र १९ वर्षीया का २ जना महिला तथा बर्ष ३३, ५१ र २८ का ३ जना पुरुष गरी जम्मा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित सबैलाई आईसोलेसनमा राख्ने तयारी गरिएको गाउँपालिकाले जनाएको छ । हालसम्म गाउँपालिकामा कोभिड १९ पुष्टि हुनेको कुल संख्या ५५ जना पुगेको छ भने निको हुनेको सँख्या ४६ जना रहेको छ ।