सशस्त्र एआईजी दाहाललाई दर्ज्यानी चिन्ह



काठमाडौं । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा पदोन्नति भएका बंशीराज दाहाललाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

मन्त्रिपरिषद्को असोज २८ गतेको निर्णयअनुसार उनी सशस्त्र प्रहरी नायब महानिरीक्षकबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति भएका हुन् । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, हलचोकमा आयोजित एक समारोहका बीच दाहाललाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

उक्त समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले कुनै पनि सङ्गठनमा सेवारत रहँदा पदोन्नति महत्वपूर्ण रहने उल्लेख गर्दै बढुवासँगै थपिएको पदीय दायित्व पूर्ण व्यवसायिक र जिम्मेवारीका साथ निर्वाह गर्न निर्देशन दिए । उनले सशस्त्र प्रहरी कर्मचारीहरुलाई इमान्दार, कर्तव्यनिष्ठ भई देश र आम नागरिकको सुरक्षामा क्रियाशील हुन निर्देशन दिए ।

साथै उनले नेपालको सीमा सुरक्षामा डेडिकेटेड फोर्सको रुपमा परिचालन गर्ने नीतिअनुरुप देशको सीमानाको रेखदेख, सीमा अपराध नियन्त्रण, अवैध चोरीपैठारी तथा राजस्व चुहावट नियन्त्रणमा आवश्यक योजनासहित उत्कृष्ट ढङ्गले कार्यसम्पादन गर्नसमेत निर्देशन दिए ।