

कांग्रेस केन्द्रिय सम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आज दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका विषयमा रणनीतिक छलफल हुनेछ ।
सो बैठकमा पार्टी र सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकाहरुको व्यवस्थापनसहित गठबन्धनका उम्मेदवारीमा देखा परेका समस्यालगायतमा छलफल हुनेछ ।