

आज गुल्मीका यी स्थानमा विद्युत आपूर्ति बन्द हुने

गुल्मी । गुल्मीका विभिन्न स्थानमा आज (शुक्रबार) विद्युत आपूर्ति बन्द हुने भएको छ । बिहीबार नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रले सूचना जारी गर्दै विद्युत आपूर्ति बन्द हुने जनाएको हो ।
नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्र तम्घासका अनुसार रिडीदेखि बिरवाससम्म ३३ केभी लाइनको नजिक पर्न गएका रुखका हाँगाबिगा काट्ने कार्य गर्ने भएकोले बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत आपूर्ति बन्द हुन लागेको हो ।
गुल्मीदरबार गाउँपालिका, छत्रकोट गाउँपालिका, रुरुक्षेत्र गाउँपालिका र सत्यवती गाउँपालिकाको थानापति, बलेटक्सार, रिमुवा, थोर्गा, पानीटंकी, बम्घा, भेडुवा, श्रीङ्गा, विरवास, लुम्छा, जोहाङ्ग, खैरेनी, अस्लेवा र रानीबास लगायतका ठाउँ स्थानमा विद्युत आपूर्ति प्रभावित हुने भएको छ ।