हट्यो पोखरा जानुपर्ने समस्या, अब कावासोतीमै ब्लूबुक नविकरण हुने

कावासोती । यातायात व्यवस्था कार्यालय नवलपरासीले सवारी कर तथा नवीकरणको सुविधा सुरु गरेको छ। यातायात व्यवस्था कार्यालय पूर्वी नवलपरासीले सूचना जारी गर्दै मंगलबारदेखि कर तिर्न तथा सवारी दर्ता नवीकरणको सेवा सुरु गरिएको जनाएको हो।

ब्लूबुक नवीकरण र सवारी करको काम सेवाग्राही कार्यालय पुगेको एक घण्टाभित्र दिने पनि कार्यालयले प्रतिबद्धता जनाएको छ। गण्डकी प्रदेशमा पर्ने पूर्वी नवलपरासीका बासिन्दा यसअघि नवीकरण तथा सवारी कर बुझाउन पोखरा पुग्नुपर्ने बाध्यता थियो।

कार्यालयले बाटो इजाजत, सवारी जाँचपास, रुट परमिट नवीकरणलगायत सेवा पनि दिंदै आएको जनाएको छ। रुट परमिट नवीकरणको लागि सम्बन्धित सवारी साधनको सवारी जाँचपास, बिमा र म्याद नसकिएको सवारी दर्ता प्रमाणपत्र आवश्यक भएको कार्यालयले जनाएको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *