शम्भुजितलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’

काठमाडौं । ‘आठौं नेशनल क्यापिटल अवार्ड’मा गायिका दुर्गा खरेल र गायक राजकुमार सिंहले सर्वोत्कृष्ट गायक÷गायिकाको अवार्ड पाएका छन् ।

पूर्वसञ्चारमन्त्री एवं एमालेका सांसद पार्वत गुरुङको प्रमुख आतिथ्यमा आइतबार संघीय राजधानी काठमाडौंमा सम्पन कार्यक्रममा गायिका खरेल ‘नथिया’ गीतबाट सर्वोत्कृष्ट गायिका ठहरिएकी छन् भने गायक सिंहले ‘बलेको आगो’ गीतबाट अवार्ड पाएका हुन् ।

यस्तै, ‘नथिया’ गीतबाटै अर्जुन पोखरेलले ‘पपुलर संगीतकार अफ दि इयर’को अवार्ड हात पारेका छन् । विभिन्न विधामा अवार्ड तथा सम्मान वितरण गरिएको कार्यक्रममा वरिष्ठ संगीतकार शम्भूजित बास्कोटालाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो ।

यस्तै, कार्यक्रममा लोकदोहोरीतर्फ ‘सर्वोत्कृष्ट गायिका’को अवार्ड निर्मला थापा मगरले पाएकी छन् । उनले ‘माया लाएर’ बोलको गीतबाट अवार्ड हात पारेकी हुन् ।

‘सर्वोत्कृष्ट लाइभदोहोरी गायिका’को अवार्ड भने रेजिना परियारले पाएकी छन् । कार्यक्रममा ‘सर्वोत्कृष्ट दशकको गीतकार’ लोकदोहोरीतर्फ प्रेम बराललाई अवार्ड दिइएको छ भने मनोहर सुनामलाई दशकको संगीतकारको सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा पत्रकार सानुकाजी श्रेष्ठलाई ‘पत्रकारिता रजत सम्मान’, पत्रकार एमपी सुब्बालाई ‘राष्ट्रिय पत्रकारिता सम्मान’ र गायक अमृत खाती र गायिका सीता केसीलाई ‘राष्ट्रिय युवाप्रतिभा सम्मान’ प्रदान गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *