रोटरी क्लव अफ जावलाखेलले मनायो २० औं स्थापना दिवस



ललितपुर । रोटरी क्लव अफ जावलाखेलले आफ्नो २० औं स्थापना दिवस शनिवार मनाएको छ । शनिवार क्लवका पूर्व तथा वर्तमान पदाधिकारी, क्लब सदस्यहरु तथा एसिस्टेन्ट गर्भनरको उपस्थितिमा क्लबले आफ्नो जन्मोत्सव मनाएको हो ।

स्थापना दिवसका अवसरमा क्लबकी पूर्व अध्यक्ष तथा रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानकी पहिलो महिला गर्भनर जया राज्यलक्ष्मी शाहले रोटरी क्लव अफ जावलाखेल गौरबपूर्ण बिरासतलाई कायम गर्देै अगाडि बढेको बताईन् । पूर्व गर्भनर शाहले क्लवको विगत गौरवपूर्ण भएको बताईन् ।

उनले थपिन्, वर्तमानमा पनि क्लव गतिशिल छ र भोलिका दिनमा पनि उक्त गतिशिलता कायम रहने बिश्वास लिएकी छु । आफ्नो रोटरीको यात्राबारे अनुभव बाँडदै पूर्व गर्भनर शाहले रोटरी क्लव अफ जावलाखेलको सदस्य हुनुमा गर्वको अनुभूति गर्ने गरेको बताईन् ।

नेपालको रोटरी समाजमा रोटरी क्लव अफ जावलाखेको एक बिशिष्ट र भिन्न पहिचान रहेको क्लवका पूर्व पदाधिकारी तथा अतिथिहरुले बताएका थिए । रोटरी क्लव अफ जावलाखेलबाटै रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानको पहिलो महिला डिस्ट्रिक्ट गर्भनर क्लबकी पूर्व अध्यक्ष रोटरियन जया राज्यलक्ष्मी शाह बनिन भने नेपालका रोटरी सदस्यका सन्दर्भमा पहिलो महिला रोटरियनको रुपमा रहेकी डा सुनिती आर्चाय पनि यसै क्लवसँग आवद्व रहेकी छन् ।

त्यसैगरि रोटरीकै इतिहासमा पहिलो दृष्टिबिहिन क्लब अध्यक्षका रुपमा अपाङगता अधिकारकर्मी डा वीरेन्द्रराज पोखरेल समेत क्लवको नेतृत्व हाँक्न पुगे । रोटरी क्लव अफ जावलाखेलले देशबाहिर भूटानमा रोटरी क्लव स्थापना गरेर अर्को इतिहास रचेको क्लवका पदाधिकारीको भनाई छ ।

त्यसैगरि नेपालमा भएका रोटरी क्लवमा पहिलो क्लव महिला अध्यक्षको रुपमा समेत सोहि क्लवकै स्वर्गीय डा कान्ति गिरि रहेकी थिइन । क्लव आगामी दिनमा अझै गतिशिल र रचनात्मक रुपमा अगाडि बढाउने क्लवका पदाधिकारीले स्थापना दिवसका अवसरमा बताए ।