उपत्यकामा ६१५ सहित देशभर थप ११६७ मा कोरोना संक्रमण

काठमाडौं । नेपालमा धेरै समयपछि एकैदिन १ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार गरिएको १२ हजार ६३२ नमुना परिक्षणमा ११६७ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

त्यस्तै गत २४ घन्टामा २२४ जना कोरोनामुक्त भएका छन् ।

आइतबार देशभर ६ हजार ७ सय  ५५ जना कोरोनाका संक्रिय संक्रमित छन्।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट दुई जनाले ज्यान गुमाएका छन्।

काठमाडौं उपत्यकामा आइतबार ६१५ जना नयाँ संक्रमित थपिएका छन्। त्यसमध्ये सबैभन्दा धेरै काठमाडौंमा ४९१, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना थपिएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *