डा. पोखरेल ‘होल्मन पुरस्कार २०२०’ बाट सम्मानित

क्यालिफोर्निया। अमेरिकाका पहिलो दृष्टिबिहीन यात्री जेम्स् होल्मेनको सम्झनामा स्थापना गरिएको “होल्मन पुरस्कार २०२०” बाट नेपालका डा. वीरेन्द्रराज शर्मा पोखरेल सम्मानित भएका छन्।

“आफु भन्दा सेवा माथी, दृष्टिविहिन महिलाहरुको संलग्नतामा स्पर्श विधिबाट स्तन क्यान्सरको पहिचान” विषयको उनको सृजनशिल अभ्यासले उक्त पुरस्कार प्राप्त गरेको हो । विश्वका बाइस देशहरुबाट १०९ जना दृष्टिविहिन व्यक्तिहरुको युट्युबमार्फत् प्राप्त स्वप्न अभ्यासहरुमध्ये अन्तिम चरणमा पुगेका १६ उत्कृष्ठ अभ्यासहरुलाई निर्णायक मण्डलको गहन मुल्याङ्कन र गुणस्तरको छानविनबाट सो पुरस्कारको निर्णय गरिएको हो ।

यातायातका नविनतम साधनहरुको आविस्कार हुनुअघि विश्व परिक्रमा गर्ने उन्नाइसौं शताब्दीका पहिलो दृष्टिविहिन यात्री जेम्स् होल्मेनको सम्झनामा संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया स्थित “लाइट हाउस् फर दी ब्लाईन्ड” द्वारा सन् २०१७ देखी स्थापना गरिएको सो पुरस्कारको राशी अमेरिकी डलर पच्चिस हजार रहेको छ ।

दृष्टिविहिन व्यक्तीहरुको रोजगारि प्रवर्धनमा रहेको साँघुरो दायरालाई फराकिलो बनाउन डा. पोखरेलले दृष्टिविहिन महिलाहरुलाई सन्मानजनक पेशामा संलग्न गराउने उद्देश्यले उनीहरुलाई स्पर्श विधिबाट स्तन क्यान्सर पहिचान गर्न सक्ने सिप प्रदान गराएर सहचिकित्सकको रुपमा अस्पतालहरुमा रोजगारी प्रदान गर्ने लक्ष्य लिएका छन्, जुन विश्वमा नै एक नविनतम अभ्यास मानिन्छ । यसअनुकरणीय अभ्यासबाट दृष्टिविहिन महिलाहरुलाइ स्वास्थ्य  कर्मीको रुपमा सम्मानपूर्ण पेशामा संलग्न हुने अवशर मिल्ने छ भने उनीहरुको संलग्नतामा ठुलो समुदायका अन्य महिलाहरुको स्तन क्यान्सरको शुरुआवस्था पहिचान गरि प्राण रक्षा गर्न सहजिकरण हुनेछ।

डा. पोखरेलसहित सो पुरस्कार अन्य दुइ विधामा भारतकी “टिफेनी ब्रार” तथा अमेरिकाकी “ट्य्लर ब्राइन्” ले प्राप्त गरेका छन् ।

विगत २५ वर्षदेखि अपांगताको क्षेत्रमा क्रियाशील रहेका पोखरेलले त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकासमा पीएचडी उपाधि लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *