

काठमाडाैंका १२६ सहित उपत्यकामा १७२ संक्रमित थपिए

काठमाडाैं । काठमाडौं उपत्यकामा थप १ सय ७२ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घन्टामा थप १ सय ७२ जनामा कोरोना संक्रमण देखिएको जनाइएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमका अनुसार काठमाडाैं जिल्लामा १ सय २६, ललितपुरमा ३८ र भक्तपुरमा थप ८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।