कांग्रेस महाधिवेशन लक्षित लोकतान्त्रिक शैक्षिक परामर्श संघको भेला सम्पन्न



काठमाडौं । लोकतान्त्रिक शैक्षिक परामर्श संघको साधारण सदस्यहरुको भेला सम्पन्न भएको छ । मातृ संगठन नेपाली कांग्रेसको आसन्न महाधिवेशनलाई लक्षित गर्दै राजधानीमा मंगलबार आयोजित भेलामा संघका सदस्यका साथै शुभेच्छुकहरुको सहभागीता रहेको थिए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य संविधान सभा का सदस्य, केन्द्रिय अनुशासन विभागका संयोजक भिष्म राज आङ्देम्बेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा शैक्षिक परामर्शसँग सम्बन्धित संस्थाहरुको अवस्था र समस्याका बारेमा छलफल भएको थियो ।

उक्त अवसरमा प्रमुख अतिथि आङ्देम्बेले यस पेशासँग सम्बन्धित सबैलाई व्यावसायीक र पार्टीको हितमा गर्नुपर्ने दायित्वका साथै खेल्नुपर्ने भूमिकाका बारेमा जानकारी गराएका थिए । आङ्देम्बेले यस क्षेत्रमा देखा पर्ने समस्याका साथै आईपर्ने समस्या समाधानका लागि सबै एकजुट भई सम्बन्धित निकायमा ढोका ढकढक्याउने समेत जनाएका थिए । भेलामा उपस्थित भएका सबैलाई व्यावसायिक मर्यादामा बसेर काम गर्न पनि उनले आग्रह गरे ।

लोकतान्त्रिक शैक्षिक परामर्श संघका अध्यक्ष दीपक गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा यस क्षेत्रसँग सम्बन्धित नेपाली कांग्रेस समर्थित १ सय ५० भन्दा बढीको सहभागीता रहेको थियो ।

कार्यक्रममा शैक्षिक परामर्श संघका महासचिव सन्तोष प्याकुरेलले पार्टीको आसन्न महाधिवेशनलाई लक्षित गर्दै संघले भेला आयोजना गरेको बताए । प्याकुरेलले संघमा आबद्ध शैक्षिक परामर्शदाताहरुको सहभागितालाई बढाउँदै लैजाने उद्देश्यसहित आगामी महाधिवेशन सफल बनाउनका लागि संघले सशक्त भूमिका खेल्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।