पेस्तोल, दुईवटा म्याग्जीन र दुई राउन्ड गोलीसहित दुई जना पक्राउ



दाङ – दाङ प्रहरीले अत्याधुनिक हतियार सहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । देउखुरीको कालाकाँटेबाट भारतको सिद्धाथनगर पञ्चायत वडा नम्बर ३ का करमुल्हाल आमिर र राजा खाँनलाई अत्याधुनिक चाइनिज पेस्तोल, त्यसमा लाग्ने दुईवटा म्याग्जीन र दुई राउन्ड गोली सहित पक्राउ गरिएको दाङका प्रहरी प्रमुख एसपी सुरेश प्रसाद काफ्लेले जानकारी दिए ।

उनीहरूलाई जिप्रका दाङबाट खटिएको सादा पोसाकको प्रहरी टोलीले हिजो बेलुकी करिब ५ बजे पक्राउ गरेको हो । हतियारसहित पक्राउ परेका उनीहरुलाई प्रहरीले पत्रकार सम्मेलन गरेर सार्बजनिक गरेको छ ।

उनीहरू हतियार बेच्न नेपाल आएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । उनीहरूलाई पक्राउ हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी तथा प्रवक्ता मुकुन्द रिजालले जानकारी दिएका छन् ।