खेत जोत्ने क्रममा ट्याक्टर पल्टिंँदा चालकको गयो ज्यान



चितवन – चतवनमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको ज्यान गएको छ । भरतपुर महानगरपालिका–५, कैलाशनगरमा बस्ने सन्दीप मगरको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करिब ८ बजे कैलाशनगरमा चन्द्र सिग्देलको खेत जोत्ने क्रममा ना ४ त ३१५२ नम्बरको ट्याक्टर पल्टिएको थियो ।

ट्याक्टर पल्टिँदा गम्भीर घाइते भएका चालक मगरको उपचारको क्रममा ८ बजेर ४० मिनेटमा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।