बाग्लुङको एउटै वडामा १७ जनामा संक्रमण पुष्टी, बोङ्गादोभान बजारक्षेत्र सिल
बाग्लुङ । बागलुङको तमानखोला गाउँपालिकाको केन्द्र बोङ्गादोभान बजारमा एकैपटक १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
एकैपटक ठूलो संख्यामा संक्रमण पुष्टि भएपछि गाउँपालिकाले बजार क्षेत्र एक हप्ताका लागि सिल गरेको छ । बजारमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको हो ।
गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको एन्टिजेन्ट परीक्षणमा वडा नं १ बोङ्गादोभान बजारमा मात्रै १७ संक्रमण फेला परेका हुन् ।
संक्रमण दर वृद्धि हुन थालेपछि गाउँपालिकाले शुक्रबारदेखि यही असार १७ गते राति १२ः०० बजेसम्मका लागि बजार पूर्ण रुपमा सिल गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास लम्सालले बताए ।