

देशभर पछिल्लो २४ घन्टामा ४९१४ जना कोरोनामुक्त, ३० जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा २ हजार १६ जना नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ला २४ घन्टामा देशभरका प्रयोगशालाबाट ४ हजार ७ सय ४ जनाको पीसीआर विधिबाट र ४ हजार ८ सय ६ जनाका एन्टीजेट विधिबाट कोरोना परिक्षण गरिएकोमा २ हजार १६ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
त्यस्तै पछिल्लो २४ घन्टामा ४ हजार ९ सय १४ जना कोरोनामुक्त भएका छन् । यससँगै हालसम्म कोरोनाबाट निको हुनेको संख्या ५ लाख ८१ हजार ३ सय २७ पुगेको छ ।
नेपालमा थप ३० जनाको मृत्यु भएसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार ९ सय ७५ पुगेको छ ।