घिरिङको बैंडीमा बढे कोरोनालक्षण बिरामी, आउन–जान नपाइने गरी वडाले गर्यो ‘सिल’



तनहुँ । तनहुँ जिल्लाको घिरिङ गाउँपालिका वडा नं. १ को बैंडी ‘सिल’ गरिएको छ । पछिल्लो समय बढ्दै गइरहेको कोरोना भाइरसका कारण बैंडी क्षेत्रमा चार जनामा कोरोना संक्रमण देखिएपछि वडा कार्यालयले एक सूचना प्रकाशित गर्दै सो क्षेत्रमा अन्य स्थानबाट कोही पनि नआउन र सो क्षेत्रका स्थानीयहरु अन्यस्थानमा नजान निर्देशन दिएको हो ।

बैंडी क्षेत्रका स्थानीयमा कोरोना लक्षण भएका बिरामी धेरै रहेको जानकारी गराउँदै यथाशीघ्र स्थानीय वडा कार्यालय र स्थानीय जनप्रतिनिधिहरुसँग समन्वय गर्न पनि अनुरोध गरिएको छ ।

सोमबार स्थानीय कोरोना संक्रमणको लक्षण देखिएका तर कोरोना नेगेटिभ भएका व्यक्तिको मृत्यु भएदेखि उक्त स्थानमा कोरोना संक्रमण फैलिएको अनुमान गरिएको छ । अझै कोरोना लक्षण देखिएका व्यक्तिको अन्तेष्टीमा सहभागीहरु स्थानीय भएको हुनाले कोरोना अझै फैलने सम्भावना रहेकोले पनि वडाले यथाशीघ्र वडा सिल गरेको स्थानीयले जनाएका छन् ।  सर्वप्रथम बैंडीकी एक महिलामा कोरोना संक्रमणको लक्षण देखिएको स्थानीयले जनाएका छन् ।

No photo description available.