५० भन्दा बढी विभिन्न रोगका विरामीलाई अमृत समान बेथे साग



काठमाडौं – हाम्रो करेसाबारीमा सजिलै पाइने बेथेको साग थुप्रै औषधीय गुणले भरिपूर्ण हुन्छ । सागसब्जीमा बेथे ‘चौलाई’ (एक प्रकारको तरकारी) को छुट्टै स्थान छ । संसारका मानिसले यसको उपयोग तरकारी र खानामा स्वास्थ्य लाभका रुपमा गर्छन् । यो अनेकौँ औषधीय गुणहरूले भरिएको हुन्छ ।

सामान्यतः अमलामा खनिज पदार्थ प्रशस्त हुन्छ भन्ने मानिन्छ तर यसमा खनिज तत्वको मात्रा अमलामा भन्दा बढी हुन्छ। यसले शरीरमा फलामको कमी हुन पनि दिँदैन । बेथे साग दुई किसिमका हुन्छन्, एक सामान्य हरियो पात भएको र अर्को रातो पात भएको हुन्छ ।

यसका तरकारी खानु अलावा थुप्रै औषधीय गुण हुन्छ जस्तै यसले खोकी लाग्ने समस्या र पित्तको नास गर्छ जसले रक्त विकार टाढा हुन्छ ।बेथेको सागले आमाशयलाई बलियो बनाउँछ भने मृगौलामा पत्थरी हुनबाट बचाउँछ । बेथेको तरकारी नियमित सेवन गरेमा बाथ (युरिकएसिड), रक्त र त्वचा विकार टाढा हुन्छ ।

सबैभन्दा ठूलो गुण भनेको शरीरमा भएका सबै प्रकारका विषहरुको निवारण गर्नु हो । यसकारण यसलाई विषदन नाम दिइएको छ । यसमा फस्फोरस, भिटामिन डी, फलाम र क्षार धेरै मात्रामा पाइन्छ । बेथेको सागमा शुक्रबर्धक र कब्जियत निको बनाउने गुण पनि हुन्छ ।

यसले कलेजोसम्बन्धी रोग, अजीर्ण, ग्यास, जुका, पेट घोच्ने लगायतका समस्याबाट पनि मुक्ति दिलाउँछ । अपच, भोक नलाग्ने, डकार, पेट फुल्नेलगायतका समस्यामा पनि बेथेको साग लाभदायक हुन्छ । यसैगरी मुत्राशय, पिसाब, मृगौलासम्बन्धी रोग निको पार्न मात्र होइन, छालासम्बन्धी रोगमा समेत बेथेको सागको सेवन लाभदायक हुन्छ ।

कपालमा जुम्रा परेको छ भने बेथे उमालेको पानीले कपाल सफा गर्दा उक्त समस्याबाट मुक्ति मिल्छ । यसले कपाललाई स्वस्थ र बलियो बनाउँछ साथै कपालको प्राकृतिक रंगलाई कुनै प्रभाव पार्दैन ।