

जन्मदिनकै दिन कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना पुष्टी

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई जन्मदिनकै दिन कोरोना पुष्टी भएको छ । कलाकार श्रेष्ठले आफूसहित परिवारका सदस्यहरूमा संक्रमण देखिएको फेसबुकमार्फत् जानकारी गराएका छन्।
उनले कोरोना लागेपछि सास्ती हुने उल्लेख गरेका छन्। साथै उनले आफूलगायत परिवारका ५ जनालाई कोरोना पुष्टी भएको भन्दै लेखेका छन्, ‘मलगायत छोरा, छोरी, बुहारी र नातिनी पाँचै जनालाई कोरोना पोजेटिभ देखिएको छ ।’
‘कोरोना भइसकेपछि सास्ती हुने रहेछ त्यसैले यो भाइरसलाई खेलाँची नगर्नु होला,’ उनले लेखेका छन्, ‘जति सकिन्छ कोरोनाबाट सतर्क रहनु होला।’
कलाकार श्रेष्ठको शीघ्र स्वास्थ्य लाभको कामना !!