सूरजकाे ‘मुटु जल्ने रहेछ’ सार्वजनिक (भिडियोसहित)



काठमाडौं – गायक सूरज कलाखेतीकाे नयाँ सांगीतिक काेसेली ‘मुटु जल्ने रहेछ’ सार्वजनिक भएको छ । गीतमा शब्द रचना सहित सिंह ठकुरीकाे छ भने संगीत गायक स्वयंले नै गरेका छन् ।

विश्व अधिकारीकाे संयोजनमा मिक्सिंग र मास्टरिङ् बिप्लव अधिकारीले गरेका छन् । लाइक माइण्ड नेपालमा रेकर्ड गरिएकाे गीतकाे शिलान लम्सालले सम्पादन गरे हुन् ।

केशब राज भट्टले कोरियोग्राफी गरेकाे गीतमा मुकेश हुमागाइ र टीमकाे छायांकन रहेकाे छ ।  भिडियाे निर्देशन गीतका रचनाकार स्वयंले गरेका छन् । साथै सहित सिंह ठकुरी नै मुख्य भूमिकामा अभिनयमा गरेका छन् ।

भिडियो माेडल ठकुरीकाे आफ्नै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। कलाखेतीले नयाँ वर्षकाे उपहार स्वरूप आफ्नै युटुब च्यानल (सूरज कलाखेती अफिसियल) मार्फत लिरिकल भिडियाेसहित गीत सार्वजनिक गरेका छन् ।

भिडियोः