न्युयोर्कमा रहेका नेपाली लगायत अन्य समुदायलाई गिरिजाप्रसाद कोइराला फाउन्डेशनकाे सहयाेग



न्युयोर्क – गिरिजाप्रसाद कोइराला फाउन्डेशन अमेरीका च्याप्टरले न्युयोर्क र आसपासमा रहेका नेपाली लगायत अन्य समुदायलाई लक्षित गरी ३५ औं पटक निःशुल्क खाद्यान्न वितरण गरेको छ।

उडसाईड स्थित ६९ स्ट्रीटवाट क्विन्स टुगेदरका सह-संस्थापक जोनाथन फोरगासवाट प्राप्त २ सय ७० वक्स खाद्यान्न लाईनवाट वितरण गरिएकाे हाे ।

यस कार्यक्रममा संस्थाका कार्यवाहक अध्यक्ष सुवर्ण लामा, महासचिव छिरीगं राप्के लामा, प्रवक्ता एवं कार्य समिती सदस्य रामचन्द्र अधिकारी, कार्यसमिती सदस्यहरू क्रमशः प्रेम क्षेत्री अधिकारी, सुर्य सिंखडा, राजेश आचार्य र ध्रुव क्षेत्री कुँवर एवं विशाल वुढामगर लगायतले कार्यक्रममा विशेष भूमिका निर्वाह गरे।

फाउन्डेशनले यसरी समुदायलाई पटकपटक सहयोग गर्न पाएकोमा संस्थाका कार्यवाहक अध्यक्ष सुवर्ण लामाले प्रशन्नता व्यक्त गरे । साथै यस संस्थाले अप्रिल महिनाभर क्विन्स हस्पिटल जमैकासँग सहकार्य गरी प्रत्येक शनिवार उपलब्ध गराउँदै आएको कोरोना विरूद्ध दिईने भ्याक्सिन उपलब्ध गराउने कार्यक्रम पनि जारी नै रहेका जानकारी गराए ।