अमृत र ममताको स्वर र सुब्रतको निर्देशनमा ‘झ-झल्को त्यो गाउँको’ (भिडियोसहित)



काठमाडौं । म्युजिक भिडियो ‘झ–झल्को त्यो गाउँको’ सार्वजनिक भएको छ । अमृत क्षेत्रि र ममता गुरुङको स्वरमा रहेको उक्त गीतको शब्द र संगीत भने बिरभद्र आचार्यको रहेको छ।

गीतले गाउँघर र माया गर्ने जोडी टाढा हुँदाको पीडा देखाउन खोजेको छ। गीतलाई चितवन र काठमाडौँमा खिचिएको हो।

गीतको म्युजिक भिडियोमा बिकास लामिछाने र श्रेया सिटौला फिचर्ड छन्।

सुब्रतराज आचार्यले निर्देशन गरेको भिडियोमा उत्सब दाहालको छायांकन, बिकास दाहालको सम्पादन, नन्दा अधिकारीको मेकअप, आर्यन बिमलीको फोटोग्राफी, क्रियटिभ निर्देशन जय शर्माको देख्न सकिन्छ।