साइबर ब्युरोको नक्कली फेसबुक पेज बनाउने पक्राउ



काठमाडौं – नेपाल प्रहरीको साइबर ब्युरोको आधिकारीक लोगो दुरुपयोग गरी नक्कली फेसबुक पेज बनाउने एक व्यक्ति पक्राउ परेका छन् ।

कपिलवस्तुको वाणगंगा नगरपालिका–२ का १८ वर्षीय प्रज्वल पोख्रेल पक्राउ परेका हुन् । कपिलवस्तु घर भएका पोख्रेल रुपन्देहीको सैनामैना नगरपालिका ६ मा बस्दै आएका थिए ।

उनले ब्युरोको फेसबुक पेजबाट कुरा गरी आपराधिक लाभ समेत लिने र प्रहरीलाई बदनाम गराउने गरेको ब्युरोले जनाएको छ । उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत कारबाही अगाडि बढाएको ब्युरोका प्रवक्ता एसएसपी नविन्द अर्यालले बताए ।