‘नमुना लहान’ नै मेरो पहिलो प्राथमिकताः मेयर चौधरी

लहान । मुलुककै ठूलो नगरपालिकाका रुपमा रहेको लहान नगरपालिकाका मेयर महेश कुमार चौधरीले आफूले स्थानीय निर्वाचनका क्रममा जारी गरेको घोषणापत्रका ९० प्रतिशत काम सम्पन्न गरिसकेको बताएका छन् ।

लहानको विकासका लागि अहोरात्र खटिइरहेका मेयर चौधरीको कार्यबाट लहानका जनताले विकासका साथसाथै अभिभावकत्व पाएको महसुस गरेको पनि मेयर चौधरीले दाबी गरेका छन् ।

एउटा निजी विद्यालयका सञ्चालक रहँदा रहँदै राजनीतिमा प्रवेश गरेका मेयर चौधरी शिक्षा क्षेत्रबाट राजनीतिमार्फत् समाजसेवामा प्रवेश गरेका हुन् । विशेष गरी लहानका जनताको शिक्षा, स्वास्थ्य र गरिबीका रेखामुनी रहेकाहरुका लागि आश्रयदाता बन्दै आएका मेयर चौधरीले मेयरमा निर्वाचित भइसकेपछि गरेका हरेक कार्यक्रम जनमैत्री रहेको जनाइएको छ ।

नमुना लहानको परिकल्पना गरी आफू मेयरमा उम्मेदवारी दिएको स्मरण गर्दै मेयर चौधरीले त्यसतर्फ आफू अग्रसर रहेको जनाउँदै आफूले पद सम्हालेसँगै ‘एक कक्षा एक शिक्षक’, ‘एक स्कूल एक कम्प्युटर’, त्यसका साथै ‘एक कक्षा एक पंखा’ अभियान पनि लागू गरेको जनाए ।

स्वर्गीय नेता प्रदीप गिरीलाई आदर्श र प्रेरणाका स्रोत मान्ने मेयर चौधरी सधैं लहानबासीको साथमा रहेको जनाउँदै ‘हरेक लहानबासीको घरमा हरेक छाक खिचडी पाकोस्’ भन्ने आफ्नो अभियान रहेको जनाएका छन् ।

त्यसका साथै विभिन्न विद्यालयहरुलाई अंग्रेजी माध्यममा पढाई हुने व्यवस्था गरेका छन् । उनको प्रमुख लक्ष्य भनेको लहानलाई शिक्षाको हबका रुपमा विकास गर्ने रहेको समेत जनाएका छन् । उनले गरिब, विपन्न तथा किसानका छोराछोरीले पनि सस्तो र सुलभ दरमा शिक्षा प्राप्त गरुन् भन्ने चाह भएको बताए ।

त्यसका साथै मेयर चौधरीले कृषकहरुको हितमा ध्यानमा राख्दै कृषि मिटर लगाएका किसानहरुका विद्युत् महसुल नगरपालिकाले भुक्तानी गरेको जनाए । त्यस्तै उनले लहानको आँपलाई बजार प्रवद्र्धनका लागि ब्रान्डिङ कार्यलाई पनि अगाडि बढाएको बताए ।

त्यस्तै उनले स्वास्थ्यका लागि लहान नगरपालिकाभित्रका लागि कुनै पनि जनताका लागि एम्बुलेन्स निःशुल्क सञ्चालन गरिएको जनाए । त्यसका साथै बर्थिङ सेन्टर सञ्चालन गरी एमबीबीएस डाक्टरको व्यवस्था गरिने र तत्काल सञ्चालन हुने जनाए । त्यस्तै उनले १८ करोडको लगानीमा लहान नगर अस्पताल सञ्चालन आउन लागेको पनि जनाएका छन् ।

उनले गर्भवती महिलाहरुलाई विशेष गर्भवती पोषण कार्यक्रम सञ्चालन भएको जनाउँदै हरेक महिनाको २२ गते गर्भवती एवं सुत्केरी महिलाहरुलाई पोषण उपलब्ध गराउँदै आएको पनि जनाए ।

नगरपालिकाले यस वर्ष बजेट विनियोजन गरेको छ । त्यस कार्यक्रमअन्तर्गत लोकसेवा कक्षा, मोबाइल रिपेयरिङ, हाउस वायरिङलगायत विभिन्न सिपमूलक तालिम सञ्चालन गरिन लागेको जनाए । त्यसका लागि लागूऔषध प्रयोगकर्ता युवाहरुलाई पनि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जनाए ।

मेयर चौधरीले उपमेयरसँग कुनै विवाद नभएको पनि जनाएका छन् । उनले संविधानले नै मेयर र उपमेयरको काम कर्तव्य र अधिकारको व्यवस्था गरेकोले कुनै विवाद नरहेको जनाए ।

त्यसका लागि नगरपालिकाले युवाहरुलाई रोजगारमूलक कार्यक्रम सञ्चालन गर्न लागेको छ । त्यसका लागि नगरपालिकाले यस वर्ष बजेट विनियोजन गरेको छ । त्यस कार्यक्रमअन्तर्गत लोकसेवा कक्षा, मोबाइल रिपेयरिङ, हाउस वायरिङलगायत विभिन्न सिपमूलक तालिम सञ्चालन गरिन लागेको जनाए । त्यसका लागि लागूऔषध प्रयोगकर्ता युवाहरुलाई पनि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जनाए ।

पछिल्लो समयको जेनजी प्रदर्शनका क्रममा लहान नगरपालिकामा ७ करोडको क्षति भएको समेत जनाएका छन् । उनले आफ्नो कार्यकालमा लहानलाई हरेक क्षेत्रमा नमूना लहान बनाउने प्रतिबद्ध रहेको जनाउँदै त्यसका लागि सबै पक्षको सहयोगको अपेक्षा समेत गरे ।

स्वर्गीय नेता प्रदीप गिरीलाई आदर्श र प्रेरणाका स्रोत मान्ने मेयर चौधरी सधैं लहानबासीको साथमा रहेको जनाउँदै ‘हरेक लहानबासीको घरमा हरेक छाक खिचडी पाकोस्’ भन्ने आफ्नो अभियान रहेको जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *