आज ३९ औं मगर स्थापना दिवस मनाइँदै

पाल्पा – आज देश तथा विदेशमा रहेका मगर सङ्घ तथा सङ्घका भातृसंगठनहरुले ३९ औं मगर स्थापना दिवस मनाउँदैछन् । २०३९ साल फागुन १५ गते स्वर्गीय हेमबहादुर पुनको अध्यक्षतामा तनहुँमा नेपाल लाङ्घाली परिवार सङ्घको प्रथम अधिवेशन भएको थियो ।

यसैको सम्झनामा मगर सङ्घ र यससँग सम्बन्धित सङ्घ संस्थाहरुले स्थापना दिवसको रुपमा विभिन्न कार्यक्रमको आयोजना गरेका हुन् ।मगर एकता, भाषा, संस्कृतिको रक्षा र अधिकार प्राप्तिका लागि स्थापना भएको लाङ्घाली परिवार सङ्घपछि नेपाल मगर सङ्घमा परिवर्तन भएको मगर सङ्घका संस्थापक महासचिव सुरेश आले मगरले जानकारी दिए ।

मगर सङ्घका केन्द्रीय अध्यक्ष नवीन रोकामगरका अनुसार २०१२ सालमै मगर समाज सुधार समितिको नाउँमा गुल्मीको भार्सेमा मगरहरुको पहिलो संगठन बनेको भनिए पनि मगर सङ्घले २०३९ साल फागुन १५ लाई नै सङ्घको स्थापना दिवसको रुपमा मनाउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *