प्रहरी जवान दिपेन्द्रले गुमाए ढुंगा लागेर ज्यान

दार्चुला । ढुङ्गा लागेर गम्भीर घाइते भएका प्रहरी जवान दिपेन्द्र पालको उपचारका क्रममा मृत्यु भएको छ।

मंगलबार बिहान दार्चुलाको निसिलस्थित थागिल भन्ने स्थानमा खर काट्न गएका पालको टाउकोमा माथिबाट अचानक ढुङ्गा खस्दा गम्भीर चोट लागेको थियो।

स्थानीयले तत्काल उद्धार गरी जिल्ला अस्पताल दार्चुला पुर्‍याए पनि उपचारको क्रममा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक छत्र बहादुर रावतले जानकारी दिए।

केही दिनअघि मात्र बिदामा घर आएका पालको दरबन्दी काठमाडौंमा भए पनि उनी बैतडीमा कार्यरत थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *