प्रहरीका ७२ जना वरिष्ठ हवल्दार भए असईमा बढुवा सिफारिस (नामसहित)



काठमाडौं । नेपाल प्रहरी प्राविधिक समूहका ७२ जना वरिष्ठ हवल्दारबाट प्रहरी सहायक निरीक्षकमा बढुवा सिफारिस भएका छन् ।

मंगलबार बसेको बढुवा समिति बैठकले उनीहरुलाई असईमा बढुवा सिफारिस गरेको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार ईन्जिनियरिङ्ग उपसमूह, सञ्चारतर्फका ६० जना, संगित उपसमूहतर्फ ७ जना, केनाईन उपसमूहतर्फ एकजना र स्वास्थ्य उपसमूह अन्यतर्फ चारजना गरी ७२ जना वरिष्ठ हवल्दार असईमा बढुवा सिफारिस भएका हुन् ।

बढुवा सिफारिस सूची प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको छ ।