सारा शर्माले गरिन् ‘मोहर’ मार्फत् चलचित्रमा डेब्यू
काठमाडौं । नयाँ नेपाली चलचित्र ‘मोहर’को महत्वपूर्ण भूमिकासहित बाल कलाकारका रुपमा सारा शर्माले डेब्यू गरेकी छिन् ।
काठमाडौं फिल्म मेकर्स प्राइभेट लिमिटेडको ब्यानरमा निर्माण माघ १४ गतेदेखि छायांकन प्रारम्भ भएको चलचित्र काठमाडौंको गागलफेदीमा अभिनेत्री बेनिशा हमालले पहिलो शट दिँदै यो फिल्मको छायांकन प्रारम्भ भएको हो ।
ओम प्रतीकको निर्देशनमा निर्माण प्रारम्भ भएको चुम्बन जङ्ग शाहीको फिल्ममा पल शाह, अर्जुन जङ्ग शाही, बेनिसा हमाल, नीति शाह, मिथिला शर्मा, लक्ष्मी गिरी, रबिन्द्र झा, सुशील देवकोटालगायत कलाकारको अभिनय रहेको छ ।
दिपेन बस्नेतको छायांकन, कुमार महर्जनको द्वन्द, सुरेश अधिकारी तथा एसडी योगीको संगीत र प्रमोद ढुङ्गाना र हर्क साउदको गीत रहेको यो फिल्मको छायकन काठमाडौंलगायत दाङ्ग तथा रोल्पासमेत छायांकन गरिने निर्देशक ओम प्रतिकले जानकारी गराएका छन् ।
प्रोडक्सन डिजाइनर लक्ष्मण राज पौडेलले जानकारी गराए अनुसार ‘मोहर’ को प्रदर्शन २०८२ सालको तीजको छेकोमा प्रदर्शन गरिने लक्ष्य राखिएको छ ।
यसअघि बिभिन्न टेली सिरियल तथा म्युजिक भिडियोमा पनि बालाकाकारकै रुपमा आफ्नो प्रतिभा प्रस्तुत गरेकी साराले यो चलचित्रमा ससक्त प्रस्तुती रहने निर्माण पक्षको दाबी छ।