आफैंलाई गोली हानेका प्रहरी जवान विष्टको मृत्यु

महेन्द्रनगर । आफैलाई गोली प्रहार गर्ने कञ्चनपुरका प्रहरी जवान वकिल बिष्टको मृत्यु भएको छ ।

विष्टले माघ ९ गते बुधबार राती डयुटीमा रहेको बेला आफैलाई गोली प्रहार गरेको कञ्चनपुर प्रहरीले जनाएको छ । विष्ट सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्म महेन्द्रनगर कञ्चनपुरमा कार्यरत थिए । गोली प्रहारबाट गम्भीर घाईते भएका बिष्टलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल लगिएको थियो।

महाकाली अस्पतालमा उपचार सम्भव नभएपछि अस्पतालले धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता उमेश राज जोशीले बताएका छन्। आत्मघाती गोली प्रहार गर्ने प्रहरी जवान बिष्टको टाउकोमा गम्भीर चोट लागेको र के कारणले उनले आत्मघाती गोली प्रहार गरे भन्ने विषयमा थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरी प्रवक्ता उमेश राज जोशीको भनाइ छ ।

धनगढीको निसर्ग अस्पतालमा उपचार्थ रहेका विष्टको शुक्रबार दिउँसो मृत्यु भएको मृतक विष्टका दाई भानु विष्टले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *