MBBS को इन्ट्रान्सको रिजल्ट निस्कियो, अनिशले गरे टप ! (रिजल्टसहित)



काठमाडाैं । चिकित्सा शिक्षा स्नातक तह (MECEE-BL 2025) MBBS शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन भएको छ ।

परिक्षामा सहभागी भएका मध्ये पहिलो नम्बरमा अनिश राज प्रजापतिले १७८ स्कोरसहित टप गरेका छन् ।

परिक्षा समितिका अनुसार ४९.५ नम्बरसम्म ल्याएका परिक्षार्थीको नाम प्रकाशित गरिएको छ । प्रकाशित नतिजाअनुसार ७८४७ जनाले एमबीबीएसको प्रवेश परिक्षा उत्तीर्ण गरेका छन् । ती मध्ये बरियताका अाधारमा विभिन्न मेडिकल कलेजहरूमा रहेको कोटाअनुसार भर्ना हुनेछन् ।

रिजल्ट हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।