ड्युटीमै ढलेका प्रहरी सहायक हवल्दार बोहराले गुमाए ज्यान



अछाम । जिल्ला प्रहरी कार्यालय अछाममा कार्यरत एकजना प्रहरी सहायक हवल्दारको निधन भएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङ अपराध नियन्त्रण तथा अनुसन्धान समुह दरबन्दी भई अछाममा कार्यरत प्रहरी सहायक हवल्दार टंक बहादुर बोहराको निधन भएको हो ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार उनलाई शनिबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म नागरिक सहायता कक्षमा ड्युटी रहेको थियो । तर उनी ड्युटी कै क्रममा अचानक बेहोस भएर ढलेका थिए ।

तत्काल उपचारको लागि जिल्ला अस्पताल मंगलसेन अछाममा उपचारका लागि लगिएको थियो । तर मंगलसेन नगरपालिका वडा नम्बर ८ ओलिगाँउका बोहराको उपचारकै क्रममा सवा ३ बजे निधन भएको अछाम प्रहरीले जनाएको छ ।