प्रमुख पर्यटकीयस्थल मानिक दहको रुप फेर्दै लहान नगरपालिका, निरन्तर निरीक्षणमा मेयर चौधरी



लहान – सिराहाको लहानकै प्रमुख पर्यटकीय स्थल मानिक दहलाई थप सौन्दर्यकरण गरिँदैछ । उक्त क्षेत्रमा निर्माण हुँदै गरेको मन्दिरको नगरपालिकाका मेयर महेश चौधरीलगायतले निरिक्षण गरेका छन् ।

बुधबार मेयर चौधरी वडाध्यक्ष रासलाल राय, समाजसेवी राजकुमार राउत, कांग्रेस नेता सन्तोष उपाध्यायसहित स्थानीयहरु स्थलगत निरिक्षण गरेका छन् ।

लहान नगरपालिकाको वडा नं. २४ स्थित झुटकीमा रहेको सलहेशको गाथासँग जोडिएका मानिक दहलाई पर्यटकीय स्थलको विकास गर्न थालिएको जनाउँदै मेयर चौधरीले यसवर्ष थप बजेट व्यवस्थापन गरि कार्य अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् ।

मेयर चौधरीले यहाँ दहलाई सौन्दर्यकरण र मन्दिर निर्माणका लागि चालू आर्थिक वर्ष २०८१/०८२ मा बजेट विनियोजन भइसकेको जनाएका छन् ।

मेयर चौधरीलगायतको टिमले उक्त क्षेत्रलगायतको निर्माण कार्यमा निरन्तर निरीक्षण र अनुगमन गरिरहेका छन् ।

No photo description available.

May be an image of 4 people