लहानका २४ वटै वडामा झुल वितरण गरिँदै, पहिलो दिन १५ नम्बर वडाका २७५ परिवारलाई झुल वितरण



लहान ।  लहान नगरपालिकाले नगरभित्रका गरिब तथा विपन्न परिवारलाई झुल वितरण गरेको छ । नगरपालिकाका मेयर महेश चौधरीले लामखुट्टेको टोकाइबाट जनताहरुलाई बचाउन र झुल लगाएर सुत्ने जनचेतना जगाउनका लागि लहान नगरपालिका वडा नंं १५ मा नगरपालिकाको तर्फबाट झुल वितरण सुरु गरेका हुन् ।

मेयर चौधरीले १५ नम्बर वडाबाट सुरु भएको झुल वितरण नगरपालिकाका २४ वटै वडामा गरिने पनि जनाए । उनले २४ वटै वडाका गरिब, विपन्न र दलित परिवारलाई पालैपालो वितरण गरिने जनाएका छन् ।

मेयर चौधरीका अनुसार वडा नं. १५ का २७५ जनालाई पहिलो चरणमा झुल वितरण गरिएको हो ।

लहानबासी जनताको हितका लागि आफूले काम गर्दै आएकोमा लामखुट्टे तथा सर्पबाट बच्न झुल सहायक सिद्ध हुने विश्वास लिएको पनि मेयर चौधरीले बताए ।