नेपाल प्रहरीका ७ प्रहरीको काज सरूवा, श्यामसिंह धनकुटा प्रमुख हुँदा अरू को-कहाँ ?
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ७ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरेको छ ।
प्रहरी प्रधान कार्यालयले बुधबारको निर्णयअनुसार उपरीक्षक (एसपी)को काज सरुवा गरिएको जनाइएको छ ।
सरुवा सूची अनुसार धनकुटा प्रहरी प्रमुखमा श्यामसिंह चौधरी सरुवा भएका छन् भने विनोद सिलवाल सर्वोच्च अदालतमा सरुवा भएका छन् ।
त्यस्तै, विमलराज कणेलको प्रहरी कल्याण महाशाखा, बालनरसिंह राणाको प्रहरी प्रधान कार्यालय महिला बालबालिका, नान्तीराज गुरुङको प्रहरी प्रधान कार्यालय ट्राफिक व्यवस्थापन महाशाखामा सरुवा भएको हो।
बिमल बस्नेतको मर्यादापालक, वीरेन्द्र शाहीको राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबारमा सरुवा भएको छ।