संगीता कर्माचार्य फाउण्डेशन बन्यो भगवानपुरबासीका लागि न्यानो, अध्यक्ष चौधरीले गरे २५० थान कम्बल वितरण
लहान । तराईमा बढ्दै गएको चिसोका कारण कष्ट भोग्दै आएका जनतालाई संगीता कर्माचार्य फाउन्डेसनले कम्बल वितरण गरेको छ ।
लहान नगरपालिकाका मेयर समेत रहेका फाउन्डेशनका अध्यक्ष एवं कांग्रेस सिरहा १ का क्षेत्रीय सभापति समेत रहेका महेश चौधरीले लहानको छिमेकी गाउँपालिका भगवानपुरका वडा नं. १, २ र ३ का जनतालाई कम्बल वितरण गरेका हुन् ।
फाउन्डेशनका अध्यक्ष चौधरीले शितलहर प्रभावित गरिब, विपन्न, अपाङ्ग, दृष्टिविहिन तथा ज्येष्ठ नागरिकहरुलाई २५० थान कम्बल वितरण गरेका थिए । यसअघि फाउन्डेसनले यहाँ ५० वटा चापाकल वितरण गरेका थिए ।
वितरण कार्यक्रममा कांग्रेस जिल्ला सदस्य देवनाथ यादव, वडा अध्यक्ष तथा लहान नगरपालिकाका प्रवक्ता रमेश गौतम, क्षेत्रीय सचिव श्याम यादव, वडा सभापति विशेश्वर यादव, अजय यादव, प्रदेशसभा (ख) सदस्य रामकुमार यादव, क्षेत्रीय सदस्य देवनन्दन यादव, गौरी नारायण साह, देवनाथ यादव, राजकुमार यादव, जगधर यादवलगायत स्थानीय अगुवाहरुको उपस्थिति थियो ।