बाइडेनको बिल पारित भए नेपाली खुशी, डिभी कोटा ८० हजार बनाइने



वाशिंग्टन । अमेरिकी राष्ट्रपति जो बाइडेन समर्थित बिल अमेरिकी नागरिकता ऐन २०२१ मा मुख्य १२ वटा विषयहरु समावेश गरिएका छन् । जसमध्ये एउटा महत्वपूर्ण विषय डिभी लोटरी समेत हो ।

पूर्व राष्ट्रपति ट्रम्पले सुरुदेखि नै डिभी लोटरीको विरोध गर्दै आएका थिए भने डिभी लोटरी खारेज गर्ने प्रयास समेत गरेका थिए । तर बाइडेनले डिभी लोटरीलाई प्रोत्साहन गरेका छन् ।

बाइडेन समर्थित बिलमा डाइभर्सिटी भिसाको नम्बर २५ हजारले बृद्धि गर्ने यल्लेख छ । अहिले बार्षिक ५५ हजार रहेकोमा यो बिल पारित भएमा बार्षिक ८० हजार बनाउनेछ । डिभी लोटरीमार्फत अमेरिका आउने नेपालीहरुको संख्या उल्लेख्य भएकाले यसले नेपालीहरुलाई पनि विशेष प्रभाव पार्नेछ ।

आर्थिक बर्ष सन् २०२१ का लागि डिभी लोटरी विजेता नेपालीहरु एसियामै दोश्रो नम्बरमा रहेका छन् । आर्थिक बर्ष २०२१ का लागि डिभी विजेता नेपालीहरुको संख्या ३८०१ रहेको छ । सन् २०२१ का डिभी लोटरी विजेताले गत अक्टोबर १ देखि भिसा पाउनुपर्ने भएपनि डोनाल्ड ट्रम्पको कार्यकारी आदेशका कारण भिसा पाउनमा ढिलाई भइरहेको छ ।