

आगामी निर्वाचन तपाईंको प्रदेशमा वैशाख १७ कि २७ मा ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख १७ गते शुक्रबार र २७ गते सोमबारका दिन दुई चरणमा निर्वाचन हुने बताएका छन् ।
सशस्त्र प्रहरी दिवसका अवसरमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले आगामी वैशाख १७ गते पहिलो चरणमा प्रदेश नं. २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा निर्वाचन हुने र दोस्रो चरण अर्थात् वैशाख २७ गते सोमबार प्रदेश नं. १, बाग्मती र कर्णाली प्रदेशमा निर्वाचन गरिने जनाएका छन् ।