मुगुको उत्तरी सीमा क्षेत्रका प्रहरीचौकी खाली !



मुगु । पछिल्ला दिनमा मुलुकभर चिसो बढ्दै गएको छ । विशेष गरी हिमाली भेगमा हिमपात सुरु भइसकेको छ । यसै अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय मुगुले उत्तरी सीमा प्रहरी चौकीमा कार्यरत प्रहरीहरुलाई जिल्ला बोलाएको छ ।

अत्याधिक जाडो बढेपछि प्रहरी सहायक निरीक्षक (असई) सहित ९ जना प्रहरी जवानलाई ६ महिनाको लागि जिल्ला प्रहरी कार्यालयमा तानिएको हो।

जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार मंसिर १५ गते जिल्ला सुरक्षा समितिको निर्णय र प्रदेश प्रहरी कार्यालयको आदेशबमोजिम मुगु सीमा प्रहरी चौकीमा कार्यरत कर्मचारीहरुलाई वैशाखसम्मका लागि जिल्ला तानिएको हो ।

गर्मी मौसम सुरु भएपछि ती प्रहरी कर्मचारीहरुलाई सीमा प्रहरी चौकीतर्फ फर्काइने बताइएको छ । अब त्यहाँ करिब ६ महिनासम्म चौकी बन्द हुने छ ।