जवानमाथि गोली ‘हान्ने’  असई यादव निलम्बित

महोत्तरी । महोत्तरीमा प्रहरी जवानलाई नै गोली लागेको भन्ने घटनामा प्रहरी सहायक निरीक्षक (असई) निलम्बनमा परेका छन्।

महोत्तरीको हलखोरी प्रहरी चौकीका इन्चार्ज असई बच्चा यादव भन्ने रामेश्वरप्रसाद यादवलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले निलम्बन गरेको हो।

कार्तिक ३० गते राति ११ बजे मारुवाही प्रहरी चौकीका इन्चार्ज समेत रहेका असई यादवको हातबाट चलेको गोली लागी प्रहरी जवान राजेश साह घाइते भएका थिए । घटनाको अनुसन्धानपछि असई यादवलाई प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) जनक भट्टराईले निलम्बन गरेको कार्यालयका प्रवक्ता बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) प्रविन पोखरेलले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *