लहान नगरपालिकाले भूकम्प प्रभावितका लागि १ लाख १ हजार सहयोग गर्ने



लहान । लहान नगरपालिकाले भूकम्प प्रभावितका लागि १ लाख १ हजार आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

नगरपालिकाका मेयर महेश चौधरीले भूकम्प प्रभावितहरुको उद्धार, राहत र पुनर्स्थापना लागि स्वदेश तथा विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न अनुरोध गरेका छन् ।

मेयर चौधरीले जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम (पश्चिम) लगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति, भौतिक क्षति र सयौं घाइते भएको घटनाले आफूलाई पनि मर्माहत र दुःखी बनाएको जनाउँदै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको समेत कामना गरेका छन् ।