सशस्त्र प्रहरीका एसपी सुमन थपलियाको निधन



काठमाडौ । सशस्त्र प्रहरी बल, नेपालका उपरीक्षक (एसपी) सुमन थपलियाको निधन भएको छ । १३ नम्बर गण पर्साका प्रमुख रहेका थपलियाको शनिबार दिउँसो १ बजे निधन भएको हो ।

एसपी थपलियाको हृदयघातको कारण निधन भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी कोमल विक्रम शाहले जानकारी दिए ।

उनी शनिबार बिहान ११:०५मा साइकलिङ गरेर कार्यालयमा पुगेका थिए।

कार्यालयमा पुगेका थपलिया १५ मिनेटपछि बेहोस भएका थिए।

त्यसपछि उपचारका लागि वीरगन्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल लगिएकोमा उनको उपचारको क्रममा अस्पतालमै निधन भएको एसपी शाहले बताए ।