सशस्त्रको एसएसपी बढुवाका लागि सिफारिस, यी १२ एसपी हुने भए एसएसपी (सूचनासहित)

काठमाडौं । सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी)  का लागि बढुवा सिफारिस गरेको छ ।

बढुवा समितिको बुधबारको निर्णयबाट सशस्त्र प्रहरीको साधारण समूहतर्फ खाली रहेको एसएसपीका लागि  १२ जना एसपीको नाम सिफारिस गरिएको हो ।

बढुवा सिफारिस सूचीअनुसार राजेश उप्रेती पहिलो नम्बरमा परेका छन् भने गंगाराम श्रेष्ठ, रविन राज कर्णजीत, भरत खनिया, नेत्रबहादुर कार्की, रमेशकुमार पाण्डे, विकास घिमिरे, तीर्थराज पौडेल, जहरसिंह बुढा मगर, नरेन्द्र बम, सूर्यबहादुर सेन ओली र तेज प्रसाद पोखरेल बढुवाका लागि सिफारिस भएका छन् ।

सशस्त्रका अनुसार सिफारिस भएका १२ जना विरुद्ध कुनै उजुर बाजुर भएमा ७ दिनभित्र उजुरी गर्न पनि समयावधि रहेको जनाइएको छ ।

पछिल्लो समय सशस्त्र प्रहरीमा लामो समयदेखि रोकिएको बढुवा  हुँदै गइरहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *