कृषिमन्त्री भुषालसँग लहान मेयर र उपमेयरको भेट, कृषि क्षेत्रको विकासका लागि अनुरोधपत्र



लहान । सिराहाको लहान नगरपालिकाको कृषि क्षेत्रमा विकासका लागि जनप्रतिनिधिहरुले कृषिमन्त्री वेदुराम भुषालसँग भेटघाट गरेका छन् ।

लहानको कृषि क्षेत्रमा विकास गर्ने उद्देश्यसहित लहान नगरपालिकाका मेयर महेश चौधरी र उपमेयर रामचलितर महतोले संघीय कृषिमन्त्री भुषालसँग भेट गर्दै अनुरोध पत्र बुझाएका छन् ।

खेती गर्न नपाएका किसानलाई पालिकासँगको सहकार्यमा राहत उपलब्ध गराउनुका साथै नगरपालिकाले अघि सारेका कृषि कार्यक्रमहरुलाई प्राथमिकतामा पार्न मेयरले जोड दिएका छन् ।

उक्त अवसरमा मन्त्री भुषालले जनप्रतिनिधिहरुको उपयुक्त मागलाई सम्बोधन गरिने समेत जनाएका छन् । मेयर चौधरीले उक्त अनुरोध पत्रमा नगरपालिकाले विशेष गरेर सिंचाई र कृषि विद्युतीकरण बढाउन जोड दिएको कुरा उल्लेख गरे ।