सशस्त्रका सिनियर अधिकृतलाई विशिष्ट व्यक्ति सुरक्षा तालिम



काठमाडौ । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाडौंमा सिनियर अधिकृतहरुको लागि सि.सं.२ विशिष्ट व्यक्ति सुरक्षा तालिम सुरु भएको छ ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणदत्त पौडेलले साउन २१ गते सोही प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बीच उक्त तालिमको उद्घाटन गरे ।

त्यसअवसरमा एआईजी पौडेलले विशिष्ट व्यक्तिको सुरक्षा संवेदनशील र महत्वपूर्ण जिम्मेवारी रहेको उल्लेख गर्दै यस किसिमको जिम्मेवारीलाई त्रुटिरहित ढंगबाट सम्पादन गर्न मेहनत र लगनशीलताका साथ तालिमबाट बढिभन्दा बढी ज्ञान आर्जन गर्न प्रशिक्षार्थीहरुले आफुलाई केन्द्रीत गर्नुपर्ने बताए ।