

धादिङमा एक युवतीमाथि खुकुरी प्रहार, एउटै हात दुई ठाउँमा छिन्यो

धादिङ । धादिङको खनियाबास गाउँपालिका वडा नम्बर ४ दार्खामा एक महिलामाथि धारिलो हतियार प्रहार भएको छ ।
स्थानीय सागर पाैडेलले हल्ला गरेकै कारण दार्खा ४ का अञ्जु सिंखडालाई धारिलो हतियार प्रहार गरेर गम्भिर घाईते बनाएका छन् । उनको एउटै हात दुई ठाउँमा छिनेको छ टाउकोमा समेत गहिरो चोट लागेको छ ।
प्रहरीले पाैडेललाई सोही स्थानबाट पक्राउ गरेको थियो । पौडेलले सिंखडाले हल्ला गरेका कारण आफूले खुकुरी प्रहार गरेको बयान दिएका छन् ।
गम्भिर घाइते सिंखडालाई दार्खा स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौंको ट्रमा सेन्टर पठाइएको छ ।