छोरा र बुहारीलाई साक्षी राख्दै रविनाले फेरि यसरी भरिन् सिउँदो…



काठमाडौं । चर्चित बैंकर रविना देशराज श्रेष्ठले अन्ततः ५३ वर्षको उमेरमा दोस्रोपटक सिउँदो रंगाएकी छिन् । लामोसमयदेखि रहेको प्रेमलाई विवाहमा परिणत गराउनका लागि उनका छोराहरु र बुहारीले साथ दिएका थिए ।

उनले बेलायती नागरिक स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानसँग बिहीबार लगनगाँठो कसेकी हुन् । उनको वैवाहिक समारोहमा रविनाका छोराहरु र बुहारी प्रियंकाले सहयोग गरेका थिए ।

सेलेब्रेटी बैंकरको रूपमा परिचित रविना मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत थिइन् । केही समय अगाडिमात्र उनले मेगा बैंकबाट राजीनामा दिएकी हुन् ।

रविनाको पहिलो विवाह सम्बन्ध विच्छेद भएको थियो ।

तस्बिरहरूः सामाजिक सञ्जाल