मावि शिक्षकको प्रथम पत्रको रिजल्ट प्रकाशित

काठमाडौं । माध्यमिक तह तृतीय श्रेणीको शिक्षक पदकाे प्रथम पत्रको नतिजा सार्वजनिक भएको छ।

शिक्षक सेवा आयोगले आइतबार गत चैत १८ गते लिएको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (सामान्य)को नतिजा सार्वजनिक गरेको हो।

आयोगले सार्वजनिक गरेको नतिजाअनुसार ७ प्रदेशमा गरी कुल ३२ हजार ६ सय ७० परीक्षामा सम्मिलित थिए। जसमा १६ हजार ७ सय ११ जनाले प्रथम पत्रमा नाम निकाल्न सफल भएका छन्।

सुदूरपश्चिम प्रदेशमा ३१ सय ४ जना सम्मिलित भएकोमा १५ सय ४४ जनाले पास गरेका छन्। कर्णाली प्रदेशमा २९ सय ७ जनाले परीक्षा दिएकोमा १५ सय १० जनाले नाम निकालेका छन्।

यस्तै, लुम्बिनी प्रदेशमा ४ हजार २ सय ९८ परीक्षा सम्मिलित थिए। जसमा २२ सय ६९ जना प्रथम पत्रमा उत्तीर्ण भएको आयोगले जनाएको छ। बागमती प्रदेशमा सबैभन्दा बढी परीक्षार्थी सम्मिलित छन्। जसमा ६ हजार ३ सय ९४ सहभागी भएकोमा ३ हजार १ सय ५६ जनाले प्रथम पत्रमा नाम निकालेको आयोगले जनाएको छ।

यस्तै,सार्वजनिक भएको नतिजाअनुसार मधेश प्रदेशमा ४ हजार ३ सय ५ जना सम्मिलित भएकोमा १९ सय ७१ जनाले पास गरेका छन्। कोशी प्रदेशमा ५ हजार ७ सय ७९ जना सहभागी भएकोमा ३ हजार १ सय ५१ जनाले प्रथम पत्रमा नाम निकालेका छन्।

प्रथम पत्रमा नाम निकाल्न सफल परीक्षार्थीहरूको दोस्रो तहको परीक्षा २०८० असार ९ गते ११ बजेदेखि प्रदेश केन्द्रहरूमै हुने आयोगले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *