

लायन्स क्लब अफ काठमाण्डू चाबहिलको अध्यक्षमा शोभा केसी निर्वाचित

काठमाडौं – लायन्स क्लब अफ काठमाण्डू चाबहिलको अध्यक्षमा शोभा केसी निर्वाचित भएकी छिन् ।
२०२३–२०२४ को लागी भएको संस्थाको मनोनयन समिति र कार्य समितिको बैठक़बाट केसी अध्यक्ष पदका लागि निर्विरोध निर्वाचित भएकी हुन् ।
राजधानीमा हालै सम्पन्न एक कार्यक्रमबीच नव निर्वाचित कार्य समितिलाई जिम्मेवारी हस्तान्तरण समेत गरिएको थियो । केसी क्लबको लामो समयदेेखि नै लायन्स क्लब अफ काठमाण्डू चाबहिलसँग आबद्ध छिन् ।