लहान नगरपालिकाले दियो गर्भवती महिलाहरुलाई राहत प्याकेज



लहान । लहान नगरपालिकाका मेयर महेश चौधरीले गर्भवती महिलाहरुलाई पोषणयुक्त खाद्यान्नको वितरण गरेका छन् ।

मेयर चौधरीले लहान नगरपालिकाको वडा नं. ६ र ७ का गर्भवती महिलाहरुको स्वास्थ्यलाई ख्याल गर्दै नगरपालिकाको दायित्व बमोजिम पोषणयुक्त खाद्यान्न वितरण गरिएको बताए ।

उनले कोरोनाको समयमा आफूले व्यक्तिगत रुपमा पनि विभिन्न सहयोग गरेको स्मरण गर्दै अहिले मेयरको जिम्मेवारीमा आएर पनि विभिन्न सहयोग गरेको बताए ।

उक्त अवसरमा नगरपालिकाका उपमयेयर रामचलितर महतोका साथै दुवै वडाका वडाध्यक्षहरु रामअवतार शर्मा र रमेश गौतमलगायतका व्यक्तित्वहरुको उपस्थिति थियो ।

त्यसैबीच मेयर चाैधरीले लहान नगरपालिका-१३ मा नगरपालिकाकाे आर्थिक सहयाेग र सगरमाथा चौधरी आँखा अस्पतालकाे समन्वयमा आयाेजित नि:शुल्क आँखा शिविरमा सम्पूर्ण जनसमुदायलाई आँखा जचाउन आग्रह गरेका थिए ।