आनन्द ज्योती मा.वि.को वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम



पोखरा । पोखरा महानगरपालिका वडा न ३१ मा अवस्थित श्री आनन्द ज्योती माध्यमिक विद्यालय बेगनासको ५० औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रमको आयोजना गरी समपन्न भयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तीर्थराज अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक शिवराज अधिकारीले वार्षिक प्रतिवेदन पेश गरेका थिए ।

कार्यक्रममा विद्यालयका पुर्व विद्यार्थी तथा सयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) एशिया तथा अफ्रिका महादेशका विभिन्न देशमा सेवा गर्नुभएका ई. चिरञ्जिवी तिवारीले हालसम्मको सबैभन्दा बढी राशी रु. दश लाखको गुरुआदर्श अक्षय कोषको स्थापना गरेको उक्त समारोहमा रु. १ लाख ११ हजार १ सय ८१ को छविलाल सरस्वती अक्षय कोषको तथा रु. १ लाख ११ हजार १ सय ११ को बेदनाथ गंगादेबी अक्षय कोषको स्थापना भएको छ ।

मुख्यमन्त्री अधिकारीले विद्यालयमा प्रदेश सरकारको सहयोगमा निर्माण भएको खेल मैदानको समुद्घटन गरेका थिए साथै अक्षय कोषको स्थापना गर्ने तथा चन्दादान गर्ने दानिवर व्यक्तित्वहरुलाइ कार्यक्रममा गण्डकी प्रदेशका माननिय मुख्यमन्त्री खगराज अधिकारी तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिर्थराज अधिकारी विशेष अतिथीहरु प्राध्यापक विश्वराज अधिकारी तथा नेपाल सरकार अर्थ मन्त्रालयका उपसचिव वसन्तराज तिवारीले सम्मान गरेका थिए ।

शिक्षक वसन्त पाहारीले सचालन तथा सत्यराज कँडेलले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा मुख्यमन्त्रीसहित प्राध्यापक विश्वराज अधिकारी तथा अर्थ मन्त्रालयका उपसचिव वसन्तराज तिवारी, ई. चिरञ्जिवी तिवारी, डा.श्रीप्रसाद कडेल, शिक्षक अभिभावक सघका अध्यक्ष सजिव अधिकारी, श्रीराम कँडेल, गणेश बहादुर थापा तथा प्रकाश तिवारीले मन्तव्य राखेका थिए ।

सामूहिक राष्ट्रियगानवाट शुरु भएको उक्त कार्यक्रममा विद्यालयका विद्याथीहरुले विभिन्न नत्य प्रस्तुत गरेका थिए भने परीक्षामा राम्रो नजिजा ल्याउने विद्याथीहरुलाइ विशेषअतिथीहरु प्राध्यापक विश्वराज अधिकारी तथा उपसचिव तिवारीले पुरुस्कार वितरण गरेका थिए ।