घरमै झुन्डिएको अवस्थामा भेटिए बरिष्ठ सई चन्द, किन गरे आत्महत्या ?

कञ्चनपुर । कञ्चनपुरमा एक प्रहरी अधिकारी मृत फेला परेका छन्।

हिजो (आइतवार) राति भीमदत्त नगरपालिका- १५ सारदा टोलका वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) लक्ष्मण चन्द मृत फेला परेका हुन्।

चन्द महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रदेश कार्यालयमा कार्यरत थिए। उनी कार्यरत कार्यालय स्रोतका अनुसार राति घरमै झुन्डिएको अवस्थामा उनको शव फेला परेको थियो। उनले के कारणले आत्महत्या त्यो बारेमा परिवार र प्रहरीले अहिलेसम्म केही खुलाएको छैन ।

प्रहरीका अनुसार उक्त घटनाको अनुसन्धान सुरू गरिसकिएको र प्रारम्भिक जानकारीअनुसार उनले आत्महत्या गरेको हुनसक्ने जनाइएको छ ।

अहिले घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *